चुच्चेपाटीमा तिलगंगा सिटी आई सेन्टर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आई सेन्टरको सेवा सञ्चालनमा आएको छ । सार्वजनिक, निजी साझेदारी अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष चिकित्सक समूहबाट आँखाका सम्पूर्ण विशेषज्ञतासहित यो सेन्टर सञ्चालनमा आएको हो ।

सेन्टर उद्घाटन ‘द गड अफ साइट’ तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले संयुक्त रूपमा गर्नुभएको हो ।

सेन्टरमा आँखासम्बन्धी उन्नत निदान उपकरणका साथै दक्ष कर्मचारीद्वारा आँखाको जाँच गरिनुका साथै नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवा प्रदान गर्ने बताइएको छ । मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको उपचार, आँखाको सौन्दर्यसम्बन्धी उपचारका साथै कन्ट्याक्ट लेन्स र भिजन थेरापी सेवासमेत उपलब्ध हुने सेन्टरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?