देश गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको छ : भट्टराई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चरम सत्तालोलुप, भ्रष्ट र अदूरदर्शी व्यक्तिरशक्तिहरूको सत्ता लुछाचुँडीले देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको टिप्पणी गर्नुभएको छ ।

आज बिहान सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच गम्भीर विमर्श, सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

मुलुक आन्तरिक रूपमा पुँजी र श्रम दुवै पलायन भैरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत,चीन,अमेरिकाको त्रिपक्षीय द्वन्दको भू-सामरिक भूमरीमा पर्दै गएको उहाँको भनाइ छ ।

यो गम्भीर स्थितिलाई बेलैमा वस्तुनिष्ठ आकलन गरेर सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने भोलि धेरै ढिलो भइसक्ने उहाँले बताउनुभएको छ ।

भारत-चीन-अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू-सामरिक भूमरीमा पर्दै गएको बेला राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ। ‘देश आन्तरिक रूपमा पुँजी र श्रम दुवै पलायन भैरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत-चीन-अमेरिकाको त्रिपक्षीय द्वन्दको भू-सामरिक भूमरीमा पर्दै गएको वेला भर्खरै जग बस्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच गम्भीर विमर्श, सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने हो।

’नेसपा अध्यक्षसमेत रहेका डा. भट्टराईले भन्नुभयो, ‘परन्तु चरम सत्तालो लुप, भ्रष्ट र अदूरदर्शी व्यक्तिरशक्तिहरूको सत्तालुछाचुँडीले यी गम्भीर संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको समकालीन नेपालको कटुसत्य हो।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?