बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । काठमाडौं उपत्यकाबाट निस्किएको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न स्थानीयहरुले नदिने घोषणा गरेका छन् ।

धादिङको धुनिबेसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले स्थानीय जनताको जीवन रक्षाको लागि मानवरहित ल्यान्डफिल साइट र फोहरमैला व्यवस्थापन दीर्घकालीन योजना नअपनाए सम्म असोज १ गतेदेखि फोहोर फाल्न नदिने घोषणा गरेका हुन् ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौं महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहरमैला लैजान बन्द गर्ने र शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन् ।

स्वच्छरुपमा बाँच्न पाउने मानवअधिकार राज्यले सुनिश्चित गर्न नसकेको महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दामा अविवेकपूर्ण व्यवहार गरेको समिति संयोजक श्रीराम ढुङ्गानाले बताउनुभयो ।

सरकार र स्थानीयबी भएको सम्झौता कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडाक स्थानीयले फोहोर फाल्न पटकपटक अवरोध गर्दै आएक थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?