सन नेपाल लाइफ इन्स्योरेन्सको कहिले हुँदै छ आइपिओ बाँडफाँट ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ भदौ १५ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार १५ भदौ शुक्रबार बिहान ८ बजे आइपिओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । यता, सन नेपाल लाइफको आइपिओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २.३२ गुणा बढी आवेदन परेको छ ।

यसर्थ गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ । यसमा १५ लाख ७७ हजार ७४४ जनाले कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका  लागि आवेदन दिएका छन् । जसमा ७ लाख ६८ हजार जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ८ लाख ९ हजार ७४४ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता आइपिओ सर्वसाधारणलाई प्रिमियम भाउमा बिक्री खुला गरेको हो । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपिओ बिक्री खुला गरेको थियो ।

यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मचेन्ट बैंकिङले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्योरेन्सको आइपिओलाई ‘केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७९ मंसिर ६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर ५ गतेसम्म बाहल रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?