हिमालयनको फण्ड ट्रान्सफर अफर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हिमालयन बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको छ । अफरअन्तर्गत दुर्ई भाग्यशाली मोबाइल बैंकिङको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एचआइ-एमबी एपबाट अन्तरबैंक फण्ड ट्रान्सफर गर्दा एक थान स्मार्टफोन जित्न सक्नेछन् । अफर भदौ ३१ गतेसम्म लागू हुने बैंकले जनाएको छ । मोबाइल बैंकिङ एपबाट फण्ड ट्रान्सफर गर्ने दुर्ईजना प्रयोगकर्तालाई अफरको अन्त्यमा लकी ड्रमार्फत् विजेता छनोट गरिने पनि बैंकले जनाएको छ ।

एचआइ-एमबीको फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच÷कनेक्ट आइपिएसको च्यानल प्ल्याटफर्ममार्फत् हुने गरेको छ । उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसमा छुट्टै रजिष्ट्रर गर्न आवश्यक नरहेको बैंकले जनाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा उक्त च्यानलमार्फत् एक करोड ४७ लाख रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बैंकिङमार्फत् प्रयोगकर्ताले प्रतिकारोबार प्रतिदिन दुर्ई लाख रुपैयाँसम्म मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको एचआइ-एमबी एपमा हाल एक लाख ७० हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?