एमसिसीको औपचारिक कार्यान्वयनले रोकियो समाजवादी मोर्चाको धनगढी सभा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । समाजवादी मोर्चाको धनगढीमा आज हुने भनिएको सन्देश सभा स्थगित भएको छ ।

अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को औपचारिक कार्यान्वयन हुने दिनमा आयोजना गरिएको सो सभा अन्तिम समयमा स्थगित गरिएको हो ।

एमसिसी परियोजनाका बारेमा समाजवादी मोर्चाको एउटै सभाबाट भिन्न भिन्न बिचार आए पछि आजको सभा स्थगित गरिएको बुझिन आएको छ । सन्देश सभामा एमसिसी परियोजनाका बारेमा केही न केही नेताले बोल्ने र सो सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ‘साक्षी’ हुने भए पछि कुटनीतिक असर पर्ने भन्दै सभा स्थगित गरिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।

साथै, बिप्लव नेतृत्वको नेकपासहित चार दलले आजै काठमाडौंमा एमसिसी कार्यान्वयनको बिरोधमा माइतीघरमा बिरोध प्रदर्शनसमेत गर्दैछ । जसका कारण पनि सो सभा स्थगित गर्नु परेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा हुने सो सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने तय भएको थियो ।

सो मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने पुर्व घोषणा अनुरुप आज सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरिएको थियो । स्थगित सन्देश सभा अब कहिले हुन्छ ? त्यसको भने कुनै जानकारी दिइएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?