डा.साहको गैरआख्यान ‘गर्भको गर्व’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.बालकृष्ण साहको गैरआख्यान कृति ‘गर्भको गर्व’ लोकार्पण भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका उपकुलपति डा.भूपेन्द्रकुमार बस्नेत, लेखक डा.बालकृष्ण साह, नारी मासिककी सम्पादन उपसना घिमिरे, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल कार्की, महासचिव डा.सजीव तिवारी, पूर्वअध्यक्ष डा.लोचन कार्की, गर्भवती महिला भावना प्रधान न्यौपानेले संयुक्त रूपमा उत्त कृतिको लोकार्पण गर्नुभएको हो ।

सार्वजनिक कृतिमा नौवटा कथा समेटिएका छन् । ‘छोरी किन भएछु, चेलीका पीडा, प्रीतिको जित, रगतको जात, छोरीको माइती, त्यो लडाइँ’ जस्ता शीर्षकका कथाहरू पुस्तकमा रहेका छन् । डा.साहको यो दोस्रो पुस्तक हो । यसअघि उहाँले सुरक्षित मातृत्वसम्बन्धी ‘आमा’ शीर्षकमा पुस्तक प्रकाशन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?