खाना पकाउने ग्यासको मूल्य एकैपटक २३५ रुपैयाँ बढ्यो, डिजल, पेट्रोलको कति ?

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगममले बिहीबार रातिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ डिजेल/मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो । पेट्रोल तथा डिजेल÷मट्टीतेलमा क्रमशः प्रतिलिटर ४ र ३ रुपैयाँ बढाइएको छ ।

अब काठमाडौंमा पेट्रोललाई प्रतिलिटर १८२ र डिजेल तथा मट्टीतेललाई १७० रुपैयाँ पर्ने छ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाइएको छ । साविकको खुद्रा बिक्री मूल्यमा प्रतिसिलिन्डर एकैपटक २३५ रुपैयाँले वृद्धि गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य आएकाले नेपालमा पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाइएको निगमले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?