यस्तो छ- आजको विदेशी मुद्राको विनियम दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसामा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसामा तथा युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ७२ पैसा र बिक्री दर १४४ रूपैयाँ ३८ पैसा कायम भएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ६६ पैसा र बिक्री दर १६८ रूपैयाँ ४२ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५३ रुपैयाँ र बिक्री दर ८५.९२ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९८ रुपैयाँमा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ६ पैसा र बिक्रीदर ९ रुपैयाँ १० पैसाले भाउ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसामा कारोबार हुनेछ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४२ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ र बिक्री दर ३६.४२ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ र बिक्री दर २८.६१ रुपैयाँमा कारोबार गर्न सकिने जनाएको छ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२८.७६ पैसा विक्रीदर ४३०.७ पैसामा खरिद बिक्री हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?