९५ हजार नक्कली नोटसहित तीनजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

हेटौंडा । प्रहरीले मकवानपुरको हेटौँडाबाट ९५ हजार रूपैयाँ नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरुलाई हेटौंडा उपमहानगरपालिका १५ चुरीयामाई मन्दिर नजिकबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रौतहट कटहरीया नगरपालिका-६ का १९ वर्षीय धर्मेन्द्र महरा, कटहरिया-१ का २१ वर्षीय दिपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका-२ का ४० वर्षीय विजय तामाङ रहेका छन् ।

उनीहरुलाई हिरासतमा राखेर नक्कली नोटको कारोबारको सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?