दाङको गणपति तेल मिलमा आगलागी हुँदा दुई करोडको क्षति

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ। बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको हो।

सञ्चालक हिमाल बस्नेतले तेल मिलमा आगलागी भएको आफूले एक घण्टापछि मात्र थाहा पाएको बताउनुभयो। आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा पुगेका स्थानीय, पानी ट्यांकर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा केहीबेर अघि आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

आगलागीबाट दुई करोडभन्दा बढीको क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण अझै खुलेको छैन। उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो। तेल मिल सञ्चालक बस्नेत तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुनुहुन्छ। रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?