इजरायलमा सावित्राको हृयाट्रिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीको गोलमा हापोएल रानानाले इजरायली शीर्ष डिभिजनमा विजयी सुरुवात गरेको छ । शीर्ष डिभिजनको पहिलो खेलमा रानानाले रमाट हशारोनलाई चार-शून्यको फराकिलो अन्तरले हराएको हो ।

रानानाका लागि सावित्राले हृयाट्रिकसहित चार गोल गर्नुभयो । सावित्राले खेलको तेस्रो, १०औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा टोलीलाई दुई गोलको अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफको सुरुवातमै ४८औँ मिनेटमा र ७१औँ मिनेटमा थप दुई गोल गर्दै सावित्राले सानदार प्रदर्शन गर्नुभयो ।

यो खेल खेलसँगै सावित्रा युरोपेली लिग खेल्ने पहिलो नेपाली फुटबल खेलाडी बन्नुभएको छ । करिब एक महिनाअगाडि इजरायल पुग्नुभएकी साम्बाले यसअघि रानानाका लागि अथिना कपमा खेलहरू खेलिरहनुभएको थियो ।

उक्त प्रतियोगितामा रानाना डिफेण्डिङ च्याम्पियन किर्याट गिलसँग हार बेहोर्दै सेमिफाइनलबाट बाहिरिएको थियो । गत सिजन भारतीय महिला लिगमा कीर्तिमानी प्रदर्शन गरेपछि साम्बालाई इजरायली लिगमा खेल्ने मौका मिलेको हो । भारतमा उहाँले लगातार तीनपटक लिगको उपाधि जितिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?