आइएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘आइएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड २०२३’ आयोजना गरेको छ । कम्पनीले आफ्ना अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यका आयोजना गरेको कार्यक्रममा तीन सयभन्दा बढी अभिकर्ताको सहभागिता थियो । अवार्ड वितरण कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सिएनआई)का उपाध्यक्ष हेमराज ढकाललगायतको उपस्थिति थियो ।

सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष ढकालले बिमा क्षेत्रले देश र समाजको आर्थिक गतिविधिमा टेवा पुर्‍याउनुका साथै अभिकर्ताका रूपमा स्वरोजगारका अवसरसमेत दिने बताउनुभयो । आइएमई ग्रुपका प्रबन्ध निर्देशक ढकालले कम्पनीले छैटौँ वार्षिकोत्सव भर्खरै मात्रै सम्पन्न गरेको र पछिल्ला छ वर्षमा कम्पनीले उत्साहजनक गति लिएको बताउनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले अभिकर्ता पेशालाई सम्मानित बनाउन हरेक बिमा अभिकर्ताले बिमा परामर्शदाताको भूमिकामा आउनुपर्ने र त्यसका लागि स्व-अध्ययन साथै कम्पनीले व्यावसायिक क्षमता वृद्धिका लागि थप तालिम आयोजना गरी सहयोग गरिरहने बताउनुभयो ।

सो अवसरमा आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट कार्य गरेका शाखा कार्यालय, उत्कृष्ट अभिकर्ता, धेरै बिमालेख जारी गर्ने अभिकर्तालगायतलाई अवार्ड वितरण गरिएको थियो । उत्कृष्ट शाखा एवं शाखा प्रमुखलाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका निर्देशक दीपचन्द्र रेग्मी, विनोद केसी, उषा ढकाललगायतले अवार्ड वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?