पाकिस्तान र भारतले अंक बाड्दा नेपालको सुपर फोरमा पुग्ने संभावना बलियो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एसिया कप क्रिकटमा शनिबार राति चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल रद्द भयो । वर्षाका कारण खेल रद्द भएसँगै दुवैले एकरएक अंक बाँडेका छन् ।

भारतसँग अंक बाँडे पनि पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान तीन अंकका साथ सुपर फोरमा पुगेको छ ।

भारतलाई भने सुपर फोरमा पुग्न आगामी खेल हार्न नहुने दबाब छ । भारतमाथि हार्न नहुने दबाब परिरहँदा नेपाललाई भने सुपर फोरमा पुग्ने अवसर हुनसक्छ ।

सोमबार हुने खेलमा नेपालले भारतलाई हराए सिधै सुपर फोरमा पुग्ने छ । समूह ए को अन्तिम नेपाल र भारतबीचको खेल सोमबार दिउँसो सवा ३ बजे शुरू हुनेछ ।

फेरि वर्षाका कारण खेल रद्द भएको अवस्थामा भने भारत नै सुपर फोरमा पुग्ने छ । नेपाल सुपर फोरमा पुग्न जीतबाहेक अन्य कुनै पनि विकल्प छैन ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलव ५ ओभरमा २ सय ६६ रनमा अलआउट भएको थियो ।

भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय ईनिङ खेले ।

एक समय १४ दशमलब १ ओभरमा ६६ रन बनाउॅंदा ४ विकेट गुमाएर दयनीय अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

पान्ड्याले ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा ८७ रन बनाए । किशनले ८१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ८२ रन बनाए ।

जसप्रित बुमराहले १६ तथा श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४/१४ रन बनाए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रउफ र नसिम शाहले समान ३/३ विकेट लिए ।

पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?