‘चित्रलेखाको चौरासी’ विमोचित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ विमोचित भएको छ । लेखक पराजुलीले आफूले मनपराएका अर्का लेखक नारायण वाग्लेलाई पुस्तक उपहार दिएपछि सार्वजनिक भएको घोषणा गरिएको थियो ।

अंग्रेजी पाठकहरूका प्रिय लेखक पराजुलीले नेपाली सांस्कृतिक परिवेशमा उभिएका आख्यानलाई संसारभर फैलाइ रहनुभएको छ । विमोचित पुस्तक लेखक पराजुलीको चर्चित कृति ‘ल्याण्ड हृवेर आइ फ्ली’को नेपाली अनुवाद हो । पुस्तकको सगुना शाहले संमिक्षा गर्नुभएको थियो । यस पुस्तकलाई अंग्रेजी मूल कृतिबाट नेपाली भाषामा अनुवाद विभू लुइँटेलले गर्नुभएको हो ।

सिक्किमवासी प्रज्वल दक्षिण एशियाली त्यसमा पनि विशेषगरी भारतीय उपमहाद्वीपभित्र समाजले वर्जित गरेका विषयलाई लेखनको प्राथमिकतामा राख्नुहुन्छ ।

उहाँको पहिलो पुस्तक ‘द गुर्खाज डटर’ सन् २०१२ मा बेलायतबाट प्रकाशन भएलगत्तै ‘डिलन थोमस प्राइज’को मनोनयनमा पर्न सफल भएको थियो । त्यसयता प्रज्वल सन् २०१८ र २०२३ मा गरी दुई पटक त्यस पुरस्कारको निर्णायक समेत रहिसक्नु भएको छ । सन् २०१५ मा उक्त पुस्तकलाई ‘गोर्खाकी छोरी’ शीर्षकमा नेपाली भाषाका पाठकहरूसम्म ल्याउने पब्लिकेशन्स नेपालयले नै प्रज्वलको यो दोस्रो कृतिलाई पनि तयार पारेको हो ।

कार्यक्रममा पब्लिकेशन्स नेपालयका तर्फबाट बोल्दै किरणकृष्ण श्रेष्ठले साहित्यमा अनुवाद विधाबारे आफ्नो धारणा राख्नुभएको थियो । ३८८ पृष्ठको यस पुस्तकको मूल्य ८७५ रुपैयाँमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?