इलामका पत्रकार केदेम पुरस्कृत

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार २०८० बाट इलामका पत्रकार ज्ञानु केदेम पुरस्कृत हुनुभएकाे छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजको २४ औं स्थापना दिवसको अवसरमा इलाम शाखाले सोमबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी केदेमलाई सम्मानसहित पुरस्कृत गरेको हो ।

फोनिजले स्थापना गरेको सो पुरस्कारको राशी नगद १० हजार रहेको छ । कार्यक्रमका प्रमुख अतिथि इलाम नगरप्रमुख केदार थापा र प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले सम्मान पत्र, पुरस्कार रकमको चेकसहित दोशल्ला ओडाएर सम्मान गरिएको फोनिज इलाम अध्यक्ष राम योङहाङले जानकारी दिनुभयो ।

विगत डेढ दशकदेखि इलामे पत्रकारितामा क्रियाशील केदेम नेपाल पत्रकार महासंघ इलामका सहसचिव एवम् फोनिज प्रदेश १ का कार्यसमिति सदस्य हुनुन्छ । हाल उहाँले इलामको माङसेबुङबाट प्रकाशित माङसेबुङ मासिक म्यागजिनमा उपसम्पादकको रुपमा काम गरिरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?