सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास पनि हरायो : नेता केसी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताउनुभएको छ ।

सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरुलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गर्नुभएको हो । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले भ्रष्टाचारको फायलहरु एकपछि अर्को खुलेपनि त्यो बीचमै तुहिने अवस्था आएको भन्दै त्यसतर्फ सरकारलाई सचेत गराउनु भयो । सांसद केसीले मुलुकमा सामाजिक सदभाव बिलोलिने काम भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचार र तस्करीबाट सम्पूर्ण देश आक्रान्त छ । जबसम्म भ्रष्टाचारलाई सही ढंगबाट जरोसम्म पुगेर त्यसलाई निराकरण गर्न सकिन्न, त्यतिबेलासम्म सुशासनको प्रत्याभुति हुन सक्दैन । भ्रष्टाचारबिहीन समाजनै सुशासनको प्रत्याभुतिको आधार हो । फायलहरु एकपछि अर्को खुलेका छन् । तर ती कुनैपनि टुंगोमा नपुग्ने र बीचमै त्यो तुहिनेखालको जो परिस्थितिहरु देखा परेको छ । सम्माननीय सभामुख महोदय, ५ महिना र ७ महिना नपुग्दै अहिले प्रहरी अफिसरहरु जुन ढंगले परिवर्तन भएका छन । त्यो परिवर्तन के का लागि, किन ? कमसेकम न्युनतम एक वर्षसम्म रहने त सामान्य नियम हो । जुन ढंगले सरुवा गर्ने काम भएको छ । त्यसले आम रुपबाट भष्टाचार गतिविधिहरुलाई नियन्त्रण हुन्छ भन्ने कुराको विश्वास हराएको छ । सरकार यतातिर शतर्क बनोस् ।’

सांसद केसीले भ्रष्टाचार नियन्त्रणका लागि विगतमा बनेका आयोगहरुको सुझाव कार्यान्वयन नभएकाले अब बन्ने आयोगले पनि केही काम गर्ला भनेर अपेक्षा गर्न सकिने अवस्था नरहेको पटकपटक दोहो¥याउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?