वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधना एवं कृष्ण, राम, विष्णु र सुमनलाई पत्रकारिता सम्मान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिने भएको छ । जिनियस म्युजिक अवार्डको चौथो संस्करणमा उहाँलाई दीर्घसाधना सम्मान अर्पण गर्न लागिएको हो । आयोजकले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
यही २५ गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच सम्पन्न हुन गइरहेको कार्यक्रममा हिमालय टाइम्स दैनिकका उपसम्पादक कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानले विभूषित गरिने जिनियस म्युजिक अवार्डका अध्यक्ष रमेश पाठकले जानकारी गराउनुभएको छ ।

‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लि.ले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो ।

सोही अनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले चौथो संस्करण गर्न लागेको हो ।

४३ विधामा गीतसंगीतका स्रष्टालाई अवार्ड प्रदान गरिने यस अवार्डको उत्कृष्ट पाँच केही समयअघि सार्वजनिक गरिएको थियो । अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोक तथा दोहोरी, गजल, आधुनिक विधाका स्रष्टा र सिर्जना समावेश गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?