युवा पुस्ता लक्षित गीत ‘१८ कटेऊ कि कटेनौं’मार्फत सन्देश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । केही युवाहरूले युवतीलाई १८ वर्ष पुग्यौ कि नाई भन्दै सोधेको र उमेर नपुगेको भएसम्बन्ध अगाडि बढाउनुहुँदैन भन्ने सन्देश दिँदै नयाँ गीत सार्वजनिक गरेका छन् । नवीनकुमार पौडेल र एलिना चौहानको स्वरमा रहेको ‘१८ कटेऊ कि कटेनौं बोलको गीत सार्वजनिक भएको हो ।

दीपक शर्माको शब्द तथा संगीत रहेको यस गीतको भिडिओमा सुमन ज्योति न्यौपाने, गीता ढुंगाना, उमेशकुमार बराल, भुवन के पोख्रेल लगायतको अभिनय छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडिओ गम्भीर विष्टले निर्देशन गर्नुभएको हो ।

गीतबारे जानकारी दिने उद्देश्यले पत्रकार भेटघाट गरिएको कार्यक्रममा अतिथिहरू शंकर आचार्य, इन्द्र दोङ लामा, दिवाकर भण्डारीलगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा भिडिओका निर्माता तथा कलाकार उमेशकुमार बरालले गीत बिशुद्ध सन्देशमूलक बनाउने कोसिस गरेको जिकिर गर्नुभयो ।

उहाँले व्यावसायिक रूपमा सफल भए पनि नभए पनि गीतले दिनखोजेको सन्देश सम्पूर्ण दर्शक तथा स्रोतामाझ पुगोस् भन्ने चाहना रहेको बताउनुभयो । यस्तै भिडिओका अर्का कलाकार सुमन ज्योतिले धेरैपछि फरक र मिहिनेत गरेको गीत ल्याएको भन्दै सबैलाई हेरिदिनका लागि अनुरोध गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?