तरुणदल नवलपरासीद्वारा गृहमन्त्रीको राजीनामा माग गर्दै राजमार्ग अवरुद्ध

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । नेपाल तरुणदल पश्चिम् नवलपरासीले गृहमन्त्री नारायणी श्रेष्ठको राजीनामा माग गरेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटी मण्डपमा सांघातिक आक्रमण भएको बिरोधमा तरुण दलले बिरोध कार्यक्रम गरेको हो ।

तरुणदलले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै पुर्वपश्चिम रामार्गको भुमहिमा एक घण्टा राजमार्ग अवरुद्ध गरेको थियो ।करिब एक घण्टाको चक्काजामले पुर्वपश्चिम राजमार्ग भएर हिड्ने यातायातका साधनहरु रोकिएका थिए ।

कोण सभामा बोल्दै नेपाली काङ्ग्रेसक केन्द्रिय सदस्य देवेन्द्र राज कन्डेल र लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल द्वयले खुलेयाम खुकुरी प्रहार हुनुले सिङ्गो सुरक्षा प्रणाली माथी नै गम्भीर प्रश्न उठेको बताउँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजिनामा दिनु पर्ने माग गरेका छन् ।

हरेक नागरिकको सुरक्षा राज्यको दायित्व सरकारको भएकाले यस्ता क्रियाकलाप निन्दनीय रहेको तरुणदल सभापति सुकबहादुर गुरुङले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?