काठमाडौं । दोस्रो म्युजिक खबर तीज म्युजिक अवार्डको सर्वोत्कृष्ट पाँचभित्रको मनोनयन सार्वजनिक गरिएको छ । २०८० भित्र बजारमा आएका तीज पर्वसँग सम्बन्धित रहेका गीतहरू यस अवार्डमा सहभागी हुने प्रावधान रहेको थियो । दोस्रो म्युजिक खबर तीज म्युजिक अवार्डमा विभिन्न २५ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।
गतवर्ष शिवशक्ति तीज म्युजिक अवार्डको नामले स्थापित भएको यो अवार्ड यो वर्षबाट भने म्युजिक खबरले ब्रान्डिङ गरेको छ । आर्टिष्ट अफ नेपालको प्रस्तुति रहेको यस अवार्डमा २५ विधामा गायक, गायिका, शब्द, संगीत, शृंगार, छायांकार, सम्पादन, कोरियोग्राफर, मोडल, निर्देशकलगायतका छन् ।
यही भदौ २५ गते गोंगबुस्थित बीजी बैंकटको हलमा एक विशेष समारोहबीच अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रमसँगै तीज फेष्टिबल मनाउँदै चेलीबेटीलाई दर खुवाउने कार्यक्रमसमेत रहेको आयोजक अध्यक्ष सबिता पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा सम्माननीय उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यता रहने जानइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच