आइसिसी महिला टि-२० : थाइल्यान्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ ।

अहिले भइरहेको दोस्रो सेमिफाइनल खेलमा थाइल्यान्डविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको हो ।

मलेसियाको बांगीमा जारी खेलमा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिलिडङ गर्ने निर्णय लिएकी हुन् ।

जारी यस खेलको विजेता टोलीले आगामी वर्ष हुने आइसिसी महिला ग्लोबल टि-२० छनोट खेल्न पाउनेछ ।

जसकाकारण नेपाल थाइल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि-२० छनोटमा पुग्ने उदेश्यसहित मैदानमा उत्रिएको छ ।

सन् २०१३ देखि सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म आफनो स्थान कायम गर्न सकेको छैन । नेपालले आफनो विश्वकप यात्रा एसिया छनोटमा नै सिमित राख्दै आउनु परेको छ । तर, आजको खेलमा थाइल्याण्डलाई पराजित गरेर उ ग्लोबल टि-२० खेल खेल्न चाहान्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?