आइएमई मोटर्स स्विच मोबिलिटीको पनि बिक्रेता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइएमई मोटर्स नेपाल स्विच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटर आधिकारिक बिक्रेता बनेको छ । अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नाईमा आयोजित एक विशेष समारोहबीच सोसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा स्विच मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गर्नुभएको कम्पनीले जनाएको छ । अशोक लेल्याण्डका अध्यक्ष धिरज हिन्दुजाले सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गर्नुभएको थियो ।

भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्याण्डको सब्सिडियरी कम्पनी स्विच मोबिलिटीले विद्युतीय सवारीसाधन निर्माण तथा दिगो यातायातका साधन विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारीसाधन उत्पादन सुरु गरेको छ ।

अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहबीच भारतीय यातायातमन्त्री नितिन गड्करीले स्विच मोबिलिटीद्वारा उत्पादित हलुका व्यावसायिक विद्युतीय सवारीसाधन उद्घाटन गर्नुभएको थियो । आइएमई मोटर्स अशोक लेल्याण्डका डिजेल जेनेरेटर (जेनसेट) को पनि बिक्री गर्ने आधिकारिक प्रतिनिधि बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?