मोरक्को भूकम्प :

मृतकको संख्या दुई हजार नाघ्यो, ज्यान गुमाउने र घाइतेको संख्या अझै बढ्न सक्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मोरक्कोमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ । ​भूकम्पमा परी हालसम्म दुई हजार बढीको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भूकम्पमा परी एक हजार ४०० बढी घाइते छन् । घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी मोरक्कोको अल–हौज र ताराउदान्ट प्रान्तका छन् । मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएको समाचारमा उल्लेख छ ।

मोरक्कोमा शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का शनिबार पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमहरूले जनाएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएको छ । ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान छ ।

भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म पुग्न निकै कठिनाइ भएको छ । पूराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?