जुम्ला-मनाङ जोड्ने सडकको काम तिव्रगतिमा हुँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्ला सदरमुकाम खलंगाहुँदै डोल्पा र मनाङ-मुस्ताङसम्म जोड्ने सडकको काम तिव्रगतिमा अघि बढेको छ । सडक डिभिजन कार्यालय जुम्लाले अहिले उक्त सडकमा स्तरवृद्धिको कामलाई विशेष प्रथामिकता दिएर काम भइरहेको कार्यालयका सव-इन्जिनियर विरेन्द्र रावलले जानकारी दिनुभयो ।

जुम्लादेखी डोल्पा जिल्लाको मौरी लेकसम्मको ४५ किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्र रहेको छ । सव-इन्जिनियर रावलले भन्नुभयो,“ निर्माण भएको सडकमध्ये पहिलो चरणमा १३ किलोमिटर सडक ग्राभेल गरिएको छ । ” सडकलाई गुणस्तरीय बनाउका लागि आरसिसिको कार्य निर्माणाधिन अवस्थामा रहेको सडक डिभजिन कार्यालय जुम्लाका सव-इन्जिनियर रावलले जानकारी दिनुभयो । उक्त सडकलाई नतिजामुखी बनाउका लागि कार्यालयले इन्जिनियर चित्र चौलागाई,सव-इन्जिनियर कमला चौलागाई र विरेन्द्र रावल तथा सुपरभाईजर मदन महतलाई फिल्डमा खटाएर काम गरिएको कार्यालय प्रमुख दिपेन्द्र विष्टले बताउनुभयो ।

पहिलो चरणमा जुम्लाको दानसाँघुदेखि देब्बलगाउँसम्मको छ सय मिटर सडकलाई आरसिसि निर्माण सम्पन्न गरिएको छ । आरसिसि भएको सडकको नाला छोडेर ६ मिटर चौडाई गरि निर्माण कार्य चली रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सो सडक निर्माण गर्नेका लागि कार्यालयले ९ करोड ६३ लाखमा थोदुङ्ग कन्ट्रक्सन काठमाडौँसंग सम्झौता गरि २०८१ पुस भित्र कार्य सम्पन्न हुने गरि सम्झौता गरिएको छ । निर्माण कम्पनीलाई कुनै पनि कार्यसम्पन्नको भुक्तानी भएको छैन । बजेट शीर्षकमा सरकारले एक करोड मात्र बजेट पठाउँदा समस्या आएको सव-इन्जिनियर रावलको भनाइ छ ।

जुम्लाहुँदै डोल्पा-मनाङ-मुस्ताङ जोड्ने सडकको जिरो प्वाईन्ट जुम्ला कारागार कार्यालयबाट रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सो सडकको पुरै स्तरवृद्धि भएमा पर्यटन प्रबर्धन र व्यापारमा समेत टेवा पुग्ने यहाँका स्थानीय व्यापारी बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?