निसान फेस्टिभ ड्राइभ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसानका गाडीमा ‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुटको योजना ल्याएको छ । योजना निसानका सबै गाडी निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स-ट्रायलमा लागू हुनेछ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार भदौ २६ देखि ३१ सम्म सञ्चालन हुने १५औँ नाडा अटो शो २०२३ तथा चाडपर्वका अवसरमा विशेष छुट योजना ल्याएको हो । योजना नाडा अटो शो सकिएपछि पनि चाडपर्वको अवधिभरि लागू हुने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले ‘नाडा अटो शो’मा निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन् । निःशुल्क गाडी बिमा, निःशुल्क तीन वर्षको सडक कर, निःशुल्क तीन वर्षको सर्भिसिङ, तीन वर्षको वारेन्टी र १३ लाखसम्म बचत हुने फाइदा रहेका छन् । योजना अवधिभर विभिन्न मोडलका गाडी उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?