रिटेलर्स मिट र टाटा गुरु सम्मान कार्यक्रम

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेडले काठमाडौं उपत्यकाभित्रका रिटेलर्स मिट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ । सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको उपस्थितिमा सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपालमा अटोमोबाइलको क्षेत्रमा नम्बर एक रहेको भन्दै सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्राहकलाई साथमा लिएर अघि बढ्ने गरेको बताउनुभएको थियो । सो अवसरमा उहाँले हालै तालिम लिएका २५ प्राविधिकलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा खुद्रा बिक्रेताको वित्तीय व्यवस्थापनका लागि सिप्रदीले नबिल बैंक र डायनामिक टेक्नोसफ्टसँग सम्झौता गरी इआरपी सफ्टवेयर प्रदान गर्न लागेको पनि उहाँले जानकारी गराउनुभएको थियो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्राहकलाई टाटा जेन्युइन पाटर््स र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियत रूपमा उपलब्ध गराउने उद्देश्यले सिप्रदीले अनलाइन स्टोर दराजसँग पनि सम्झौता गरेको बताउनुभएको थियो ।

कार्यक्रममा टाटा वफादारी कार्यक्रमअन्तर्गत टाटा गुरु दिपक महर्जनले डियो स्कुटर उपहार प्राप्त गर्नुभएको थियो भने आइफोन १४ प्रो दुईजनाले, एलइडी टेलिभिजन दुईजनाले प्राप्त गरेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?