नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपुरणीय क्षतिः पूर्व राष्ट्रपति भण्डारी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गर्दै पूर्व राष्ट्रपति भण्डारीले भावपूर्ण श्रदाञ्जली ब्यक्तसमेत गर्नुभएको छ ।

नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको पूर्व राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा एमालेका उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु’ उहाँले लेख्नुभएको छ, ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु, उहाँको निधनले सिंगो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’

एमाले उपाध्यक्ष नेम्वाङको सोमबार राती हृदयघातबाट निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?