घुससहित प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १४ हजार घुससहित प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । अख्तियारको बुटवल कार्यालयले बर्दियाको सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई नियन्त्रणमा लिएको हो ।

उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग साढे १४ हजार घुस लिएको अख्तियारले जनाएको छ । सो रकम लिएको अवस्थामा उनलाई मंगलबार नियन्त्रणमा लिएको अख्तियारको भनाइ छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी प्रभाग बुढानीलकण्ठ काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका सिंहविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

प्रवक्ता दाहालका अनुसार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापनका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेका थिए । अनुसन्धानका क्रममा आयोगको टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

उनीविरुद्ध सोही बराबरको बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?