दिवंगत नेम्वाङका दुबै छोरा आइपुगे

नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवास लगियाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हृदयघातबाट दिवंगत नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङका दुवैजना छोराहरू विदेशबाट नेपाल आइपुगेका छन् ।

परिवारसहित बेलायतमा बस्दै आउनु भएको नेम्वाङका छेठा छोरा मिङ्सो आज आइपुग्नु भएको हो भने कान्छा छोरा सुहाङ भने केही दिन अघि मात्र अष्ट्रेलिया घुम्न जानु भएको थियो । उहाँ भ्रमण छोट्याएर हिजो आइपुग्नु भएको हो ।

स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो मात्र विवाह भएको छ । अन्यको विवाह भएको छैन । उहाँहरू नेपालमै बस्नु हुन्छ ।

विदेशबाट आएका दुबै छोराहरुले एमाले मुख्यालयमा रहेको नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएपछि उनलाई बालुवाटारस्थित निवासमा लगिएको छ । आज उनको पार्थिव शरीर निजी निवासमा रहने छ ।

छोराहरू आइपुगेकाले अब नेम्वाङको भोलि अन्तिम संस्कार गरिनेछ ।

अन्तिम संस्कारका दिन भोलि सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?