एभरेष्ट बैंक र ओम अस्पतालबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एभरेष्ट बैंक र ओम अस्पतालबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहकले उक्त अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार उक्त अस्पतालबाट आइपिडी-डाइग्नोष्टिक, फार्मेसी, प्याथोलोजी सेवामा १० प्रतिशतसम्म र दन्त सेवामा पाँच प्रतिशतसम्मको विशेष छुट हुने बताइएको छ ।

सो अवसरमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?