नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । नेकपा (एमाले) का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरुको टोलीले श्रद्धाञ्जलि दिँदै तथा परिवारमा समवेदना गर्नुभएको हो ।

पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएको समवेदना पत्र पढेर सुनाउनुभएको सांसद दीपा शर्माले जानकारी दिनुभयो ।

समवेदना दिन एमालेका सबै सांसद जानुभएको थियो । नेम्वाङको गत सोमबार हृदयघातका कारण निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?