कांग्रेस संस्थापनइतर समूहको बैठक सुरू

Read Time = 2 mins

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा समूहको बैठक सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नै गगन–शेखर समुहको बैठक बस्न लागेको हो ।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेताहरू बैठकमा जुट्नुभएको हो ।

बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपाली, दिनेश कोइराला लगायत कोइराला पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सहभागी हुनु हुन्छ ।

पार्टीको १४ औं महाधिवेशपछि बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ ।

१४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेल शेखर समूहको बैठकमा सहभागी हुने छन् ।

कांग्रेसको बैठक असोज ४ मा बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?