सेमिफाइनल समीकरण पूरा

हिमालय टाइम्स
Read Time = 3 mins

कैलाली । कैलालीको कैलारी गाउँपालिका-४ के गाउँमा भइरहेको २४औँ निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । महिलातर्फ भने उपाधि भिडन्त बाँकी छ । महिलातर्फ सुमादेवी युवा क्लब र पटेला स्मार्ट क्लबले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फको विजेताले नगद २५ हजारसहित ट्रफी र उपविजेताले नगद १५ हजारसहित ट्रफी पाउनेछन् ।

न्यु युवा सुन्दर शक्ति युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दू नारीहरूको पर्व हरितालिका तीजका अवसरमा भइरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फका खेलहरूमा जित हात पार्दै इलाइट युवा क्लब र सुदूरपश्चिम ११ सेमिफाइनल पुगेका छन् । इलाइट युवा क्लबले कैलारी गाउँपालिका–३ को कार्यालयलाई हराएर अन्तिम दुईमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले बराबरी खेलेपछि इलाइटले पेनाल्टी सुटआउटमा बाजी मारेको हो ।

यस्तै, अर्को खेलमा जित हात पार्दै सुदूरपश्चिम ११ पनि सेमिफाइनलमा पुगेको छ । सुदूरपश्चिम ११ ले कालिका युवा क्लबलाई ५-२ ले हराएर अन्तिम दुईमा स्थान बनाएको हो । यसअघि नै सिआर सेभेन र सागर युवा क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन् । सागर युवा क्लबले पटेला स्मार्ट क्लबलाई १-० र सिआउर सेभेनले वरपीपल थारु युवा क्लबलाई ४–१ ले हराएर सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

पुरुषतर्फको विजेताले नगद एक लाखसहित ट्रफी र उपविजेताले नगद ५० हजारसहित ट्रफी पाउने क्लबका अध्यक्ष वृक्षलाल चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको मुख्य प्रवद्र्धकमा कैलारी गाउँपालिका र सहप्रवद्र्धकमा कैलारी गाउँपालिका-४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । विसं २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ति युवा क्लबले अटवारी र तीजका अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?