तीन अर्बभन्दा बढीको सेयर कारोबार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । निरन्तर घट्दो क्रममा रहेको सेयर बजार साताको अन्तिम कारोबारको दिन बिहीबार भने उच्च अंकले बढेको छ । पछिल्लो दुई कारोबार दिनदेखि बढिरहेको नेप्से ४४.३४ अंक बढेर २०२९.७८ अंकमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स ७.५५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२७ अंक बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन दुई सय ७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार कित्ता सेयर सेयर तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ ।

१० स्टकको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । नेशनल हाइड्रोपावर, दिव्येश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, न्यादी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, अरुण काबेली हाइड्रोपावरलगायतका सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको हो ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको २० करोड १८ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ भने रिलायबल नेपाल लाइफको करिब १४ करोड र शिवम् सिमेन्ट्सको साढे १० करोडको सेयर कारोबार भएको छ । बिहीबार १३ वटै समूहको परिसूचक बढेकोमा जलविद्युत् समूहको परिसूचक सर्वाधिक ५.३१ प्रतिशत बढेको छ भने वित्त समूहको चार प्रतिशतभन्दा बढी बढेको छ । विकास बैंक समूहको परिसूचक करिब चार प्रतिशत बढेको छ । लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहको परिसूचक पनि दुई प्रतिशतभन्दा बढी बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?