एनआरएनए अध्यक्षका प्रत्याशी शर्माको विश्व दौडाहा जारी

हिमालय टाइम्स
Read Time = 2 mins

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार (आरके) शर्मा एक साताको अमेरिका र क्यानडा भ्रमणपछि कतार फर्किनु भएकाे छ ।

गैरआवासीय अभियानमा अमेरिका क्षेत्रमा बस्ने अभियन्तासँग आफ्नो पक्षमा समर्थन जुटाउन र अध्यक्षका रूपमा अगाडि सार्नुपर्ने भावी कार्यक्रमको बारेमा सल्लाह र सुझाव लिन शर्मा अमेरिका क्षेत्रको भ्रमणमा निस्किनुभएकाे थियाे ।

अमेरिका भ्रमणपछि कर्मभूमि कतार आइपुग्दा शर्मालाई विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले स्वागत गरेका छन । शर्माले केही दिनभित्रमा आफ्नो स्पष्ट र योजनासहित अध्यक्षमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने जानकारी दिनुभयाे ।

२ वर्षे कार्यकालमा अध्यक्षमा निर्वाचित भएपछि गर्ने कामको योजना शर्माले उम्मेदवारी घोषणा सभामा गर्नुहुनेछ । शर्माले एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएसँगै विश्वका करिब सबै क्षेत्रको भ्रमण गर्नुभएकाे छ ।

शर्माले विश्वका सबै क्षेत्रमा बस्ने नेपालीहरूसँग लिएको सल्लाह र सुझावको आधारमा आफ्ना कार्यक्रमहरू समेट्ने बताउनुभयाे । शर्मा एनआरएनए जापान, कोरिया, हङकङ, क्यानडा र अमेरिकाले गरेका विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भएर  कतार फर्किनु भएकाे हाे ।

एशिया र अमेरिका क्षेत्रको भ्रमण पछि शर्माले उत्साहित हुदैँ आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित भएको बताउनु भएकाे छ । अधिवेसन सम्पन्न भएका ५९ एनसिसी मध्य प्राय सबैमा आफै पुगेका शर्माको पक्षमा अहिले राम्रो माहोल बनेको उहाँको दावी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?