बर्दघाटका देवकोटाको ‘मुसुक्क मिठो हाँसो मायाको’ गीत सार्वजनिक

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट–७,जिमिरेभार निवासी निराजन देवकोटाको पहिलो सांगीतिक कोशेली ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी गीत सार्वजनिक भएको छ ।

निरज देबकोटा युटूब च्यानलबाट आइतबार दिउसो ४ बजे गित सार्वजनिक भएसंगै देवकोटाले बर्दघाट प्रेस क्लबमा आएर आफ्नो गितका बारेमा पत्रकारहरुलाई गितको संक्षिप्त जानकारी सहित आफु संगितमा प्रवेश गर्नुको कारणका बारेमा जानकारी गराएका थिए ।

एमबिबिएस अध्ययनरत निराजन देवकोटाले ’मुसुक्क मिठो हाँसो मायाको‘’ लोक दोहरी लिएर नेपाली लोक सांगीतिक क्षेत्रमा आधिकारिक रुपमा आफुले पहिलो पाइला अघि बढाएको पत्रकारहरु समक्ष जानकारी गराएका थिए ।

लोकप्रिय गायिका समिक्षा अधिकारीसंग नवोदिप गायक तथा सर्जकका रुपमा निराजन देवकोटाले आवाज दिएको ’मुसुक्क मिठो हाँसो मायाको‘’ लोक दोहरीमा लय तथा शब्द देवकोटा कै रहेको छ । त्यसैगरी गितको भिडियोमा लोमश शर्मा र अस्मिता रणपालको अभिनय रहेको देवकोटाले पत्रकारहरुलाई जानकारी गराएका थिए ।

वरिष्ठ म्युजिक भिडियो निर्देशक कुमार केसीद्वारा निर्देशित भिडियोको छायाँकन अजय रेग्मीले ,सम्पादन अमृत चापागाईंले गरेको जानकारी गराएका थिए । एक प्रेमिल जोडीले एक आपसमा मुस्कानलाई प्रतीक मान्दै प्रशंसा गरेको भावलाई रमाईलो किसिमले आफुले गीतमा प्रस्तुत गरेको देवकोटाको भनाइ रहेको थियो ।

सानै उमेर देखि गीत संगीतप्रती पनि विशेष रुचि राख्ने र घरपरिवारको साथ र सहयोगका कारणले पनि आफुले संगितलाई छोड्न नसकेको देवकोटाको भनाई रहेको थियो । चिकित्सा क्षेत्रमा पनि सांगितीक थेरापीका रुपमा लोक संगितलाई अघि बढाउन सकिने धारणा दिँदै गायक देवकोटाले आफुले चिकित्सा क्षेत्र र सांगीतिक यात्रा सँगसँगै अघि बढाउने प्रतिक्रिया दिएका थिए ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Surya Pathak
Surya Pathak
2023-09-25 8:41 pm

Best wishes

रिलेटेड न्युज

छुटाउनुभयो कि ?