संविधानले व्यवस्था गरेको कुरा पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् : सभामुख घिमिरे

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानले व्यवस्था गरेको कुरा कार्यान्वयनमा ल्याउन अझै धेरै बाँकी रहेको बताउनु भयो । उहाँले कानूनमा प्रवन्ध भएका कुराहरुको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरु देखिरहेको भन्दै सूचनाको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कानूनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा ध्यान आकृष्ट गराउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सञ्चारमाध्यमले गलत परिपाटी र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने कुरामा भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानले व्यवस्था गरेको कुरा कानून प्रवन्ध गर्ने कुराहरु थुप्रै बाँकी छन् । कानूनमा प्रवन्ध भएका कुराहरुको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरु पनि केही देखिएका छन् । चर्चा परिचर्चामा यो सूचनाको हकलाई असर पार्ने ढंगबाट यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने प्रचारबाजी भएका छन् । यी सबै पक्षलाई हेरेर अब कानूनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा खासगरी विधायकहरुले खेल्नुपर्ने भुमिका संघीय संसदमार्फत कसरी खेल्नुपर्छ ? आइरहेका अहिलेसम्मका हाम्रा विधेयकहरुमा सूचना सम्बन्धीका हकलाई व्यवस्थित गर्ने र कमीहरुलाई सच्याउन ध्यान आकृष्ट गर्ने, तिनीहरुलाई कार्यान्वयन गर्नका लागि बाध्य बनाउने काम यस्ता फोरमहरुले गर्न सक्छन् । विगतको प्रतिवन्धलाई तोडेर पनि सूचना प्रवाह गर्ने कुरामा अथवा मिडियाको क्षेत्रबाट हामीले हिजोको गलत परिपाटी प्रणाली पद्धति र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने संगठित र आवश्यकताअनुसार यस्ता कुरामा उल्लेखनीय ऐतिहासिक भुमिका निर्वाह गरेको मैले ठानेको छु । प्रजातन्त्रको स्थिरता, समृद्धि, जवाफदेही बनाउनका लागि, विधिसम्मत ढंगबाट काम गर्ने वातावरण मिलाउन पनि सञ्चार क्षेत्रको भुमिका महत्वपूर्ण छ ।’

सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता, समृद्धि, जवाफदेही बनाउनका लागि, विधिसम्मत ढंगबाट काम गर्ने वातावरण मिलाउन पनि सञ्चार क्षेत्रको भुमिका महत्वपूण रहेको उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?