चीन र ईयू साझेदार हुन्, प्रतिद्वन्द्वी होइनन् : चिनियाँ विदेशमन्त्री

Read Time = 3 mins

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले चीन र युरापेली संघ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताउनुभएको छ । हंगेरीका विदेशमन्त्री पिटर सिजार्तोसँग टेलिफोनमा कुरा गर्दै उहाँले ‘बेल्ट एण्ड रोड’ सहयोगका लागि चीनसँग अन्तरसरकारी सहयोग दस्तावेजमा हस्ताक्षर गर्ने हंगेरी पहिलो युरोपेली देश भएको बताउनुभयो ।’ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागका सदस्यसमेत रहेका वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको रणनीतिक मार्गदर्शनमा चीन र हंगेरीबीचको ‘बेल्ट एण्ड रोड’ सहकार्यले फलदायी परिणाम दिएको र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धका लागि राम्रो उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

‘अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा हंगेरीको उपस्थितिलाई चीनले स्वागत गर्छ’, वाङले भन्नुभयो, “चीन हंगेरीसँग पारस्परिक विश्वास र मित्रता बढाउन र चीन–हंगेरी सम्बन्धको विकासका लागि नयाँ रणनीतिक योजनाहरू बनाउन र नयाँ र बलियो गति प्रदान गर्न यस अवसरको उपयोग गर्न तयार छ ।’

उक्त अवसरमा, चीन हंगेरी-सर्बिया रेलमार्गको सफल निर्माण सुनिश्चित गर्न र संयुक्त रूपमा चीन-हंगेरी व्यावहारिक सहयोगको सफल नमूना निर्माण गर्न हंगेरीसँग काम गर्न तयार रहेको वाङले बताउनुभयो ।

चिनियाँ विद्युतीय सवारी साधनहरूमा ईयूको अनुदान विरोधी अनुसन्धानले अन्तर्राष्ट्रिय व्यापारको आधारभूत नियमहरूको उल्लंघन गर्दछ, जसले सम्भवतः विश्वव्यापी यातायात उत्पादनका औद्योगिक र आपूर्ति श्रृंखलालाई बाधा पुर्‍याउनेछ ।

सिजार्तोले हंगेरी र चीनबीचको बेल्ट एण्ड रोड सहकार्यले महत्वपूर्ण परिणाम हासिल गरेको र यसबाट हंगेरीलाई धेरै फाइदा भएको बताउनुभयो ।

‘हंगेरीले अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा सक्रिय रूपमा भाग लिने, दुई पक्षबीच बेल्ट एण्ड रोड सहयोगलाई अझ प्रगाढ बनाउने र हंगेरी-सर्बिया रेलमार्ग निर्माणमा ठोस प्रगति गर्नेछ, जसले ताकि द्विपक्षीय सम्बन्धको थप विकासका लागि जोड दिनेछ’, सिजार्तोले भन्नुभयो । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?