नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु 

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामग्राम ७ उजेनीका ३५ वर्षिय जयप्रकाश यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एब सुचना अधिकारी रेशम बोहराले बताउनुभयो ।

आफ्नो घर अगाडि रहेको विजुलीको पोलमा बलेको बत्ती निभाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएपछि उपचारका लागि यादवलाई पृथ्वी चन्द्र जिल्ला अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

घटनाबारे थप अनुसन्धान भने भईरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?