१९औं एसियाली खेलकुद : नेपाल पब्जीको सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । १९औं एसियाली खेलकुदअन्तर्गत नेपालको पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलको समूह ‘सी’मा नेपाल शीर्ष दुई स्थानमा रहँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । नेपाल रहेको समूहबाट हङ्कङले समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनायो । नयस समूहबाट तेस्रो र चौथो भएका प्यालेस्टाइन र साउदी अरब भने बाहिरिएका छन् ।
अब नेपालले शनिबार हुने सेमिफाइनलमा अन्य चार टोलीसँग समूहमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा दुवै समूह खेल शनिबार हुनेछ ।

सेमिफाइनलमा शीर्ष दुई हासिल गरे नेपाल फाइनल पुग्दै पदकको सम्भावना हुनेछ । नेपालबाट कप्तान सुविन महर्जन, दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई खेलाडीका रूपमा हुनुहुन्छ । भिक्टर पौडेल टोलीमा व्यवस्थापक हुनुहुन्छ । कप्तान सुविन महर्जनले वरियता प्राप्त प्यालेस्टाइनलाई पछि पार्दै अघि बढ्न सक्दा खुशी व्यक्त गर्नुभयो ।

स्क्वास
स्क्वासको पुरुष टिम इभेन्टस्मा नेपाल भारतसित पराजित भएको छ । नेपालको पुरुष टोली भारतसित तीन-शून्यले पराजित भएको हो । पहिलो खेलमा नेपालका अमृत थापामगर भारतका अभय सिंहसित २-११, ४-११ र १-११ अकले पराजित हुनुभयो । अर्को खेलमा नेपालका अराहन्तकेशर सिंह भारतका महेश मान्गोनकरसित २-११, ३-११ र ३-११ अंकले पराजित हुनुभयो । यस्तै, अमिर ब्लोन भारतका हरिन्दरपाल सिंहसित अन्तिम खेलमा १-११ ,२-११ र ६-११ अंकले पराजित हुनुभयो । समूह ‘ए’ मा रहेको नेपाल यसअघि कुवेत, पाकिस्तान, कतार र सिंगापुरसित ३-० को सोझो सेटमा पराजित भएको थियो ।

फेन्सिङ
फेन्सिङ खेलमा नेपालको पुरुष र महिला टोली पराजित भएको छ । पुरुष साब्रे टोली कजाकिस्तानसित १५-४५ अंकले पराजित भयो । यस्तै महिला फोइल टोली जापानसित १०-४५ अकले पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

गल्फ
गल्फको व्यक्तिगत स्पर्धामा नेपालले सन्तोषजनक खेल प्रदर्शन गरेको छ । नेपालका शुक्रबहादुर राईले दुई अण्डर ७० खेल्नुभयो । उहाँ ३१औं स्थानमा रहनुभयो । यस्तै, नेपालका सदभाव आचार्यले एक अण्डर ७१ र सुवास तामाङले पहिलो दिनको खेल सकाउनुभयो । सदभाव ३८औं तथा सुवास ४७औं स्थानमा रहनुभयो । युवराज भुजेल ५८औं स्थानमा हुनुहुन्छ । महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ ३६औं स्थानमा हुनुहुन्छ । यस्तै कस्मिरा शाह ३८औं स्थानमा हुनुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?