सिडी विजयको स्वरमा दीपेन्द्रको ‘जीवनको रेल’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दुई हप्ताअगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आएको गीत ‘जीवनको रेल’ पुरुष स्वरमा पनि सार्वजनिक भएको छ । गीतकार दीपेन्द्र अधिकारीको यो गीतको भिडियो डिए क्रिएसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायक तथा संगीतकार सिडी विजय अधिकारीले स्वर दिएको गीतमा राजु कार्कीको संगीत संयोजन छ । त्रिवेणी डिजिटलमा रेकर्डिङ भएको गीतमा मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट विपिनले छायांकन, सम्पादन र निर्देशन गर्नुभएको हो । भिडियोमा गीतको मर्मअनुसार गायकालाई मात्र प्रस्तुत गरिएको छ ।
जीवनको रेल छुटेर जाँदा थाहा नै भएन
सपना सबै टुटेर जाँदा थाहा नै भएन
गर्नलाई त कल्पना सुन्दर गरेकै थिएँ नि
यस्तरी भाग्य फुटेर जाँदा थाहा नै भएन
सानातिना क्षणिक खुशी र आवेगमा रमाउँदा जीवनले अर्कै मोड लिएर क्षतविक्षत भएपछि मात्र थाहा भएको प्रसंग गीतमा उल्लेख गरिएको छ । जब जीवनमा हरेक सुख र खुशीहरू लुटिन्छन् त्यतिबेला मान्छे शून्य जस्तै हुन्छ । न उसलाई कसैको भर नै हुन्छ न त डर नै । गीतमा जानेर या कसैको लहैलहैमा गरेका गल्ति र त्यसले पार्ने दीर्घकालीन असरलाई सरल तरिकाले पस्किएको छ ।

विशेषगरी मुक्तक लेखनमा हात हाल्नुभएका दीपेन्द्रका मनमोहक पोखर, चुलबुल चुलबुल प्यारी भाञ्जी, नेपालकी छोरीलगायत गीतहरू यसअगाडि नै नेपाली गीतसंगीतको बजारमा आइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?