यस्तो छ तपाईंको असोज १४ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असोज १४ गते आइतबार, ई.सं. १ अक्टोबर, २०२३ । तिथि- आश्विन कृष्णपक्ष द्वितीया, नक्षत्र- अश्विनी, योग- व्याघात, करण- गर, चन्द्रराशि- मेष, सूर्योदय ५ः५६ सूर्यास्तः १७ः४९ ।

मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु¥याउनेछ ।

मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला :  आँटेको काम तत्काल बन्ने समय छ ।

वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्ने छ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?