क्यामियो फायर १०० इयरबड्स आउँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली ग्याजेट्स बजारमा नयाँ ब्राण्ड भित्रिएको छ । नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड कोर्न र रिभरसंग ब्राण्डको आधिकारिक बिक्रेता क्यामियो इन्टरनेसनल प्रालिले नयाँ ब्राण्डका गुणस्तरीय इयरबड्स भित्र्याउन लागेको हो । कम्पनीले युवा प्रयोगकर्ताको चाहना र बजार मागलाई ध्यानमा राखेर नयाँ इयरबड्स ल्याउन लागेको जनाएको छ ।

कम्पनीका अनुसार नयाँ क्यामियो फायर १०० इयरबड्समा उच्च गुणस्तरको स्टेरियो एचडी साउण्ड क्वालिटी रहेको छ भने एकपटक चार्ज गर्दा ४० घण्टासम्म बिना कुनै समस्या प्रयोग गर्न सकिनेछ । त्यतिमात्र नभई क्यामियो फायर १०० इयरबड्समा ३० दिनको स्ट्याण्डबाई सुविधासमेत रहेको छ । जसका कारण कतै बाहिर घुम्न जाँदा चार्जिङको चिन्ता हुँदैन । इयरबड्समा पसिना र धुलोले नबिगार्ने गरी स्विट एण्ड डस्ट रेसिस्टेन्ट फिचर रहेको छ । क्यामियो फायर १०० मा भ्वाइस असिस्टेन्ट सपोर्टका साथ नवीनतम ब्लुटुथ भर्सन ५.३ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?