अवरुद्ध रिडी-रुद्रावेणी सडक सुचारु

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रिडी रुद्रावेणी सडक पूर्णरुपमा सुचारु भएको छ । गत असोज १० गते साँझ ७:१९ बजेदेखि अवरुद्ध भएको सडक पूर्णरुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका- १ बिष्णु पन्जरस्थित कालीगण्डकी करिडोरअन्तर्गत रिडी रुद्रवेणी पक्की सडक खण्डमा माथिबाट ढुङ्गा आई सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध रहेको सडक डोजरको सहायताले आज बिहान ११:४५ बजे ढुङ्गा हटाई पूर्णरुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?