सेयर बजारमा सामान्य सुधार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सेयर बजारमा आज सामान्य सुधार देखिएको छ ।

आइतबार ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा झरेको बजार आज ५.१९ अंकले बढेको हो। यसदिन २८६ कम्पनीको सेयर ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँमा खरिदबिक्री भयो।

हिजाे १ अर्ब ८३ करोड ४ लाख बराबरको सेयर खरिदबिक्री भएको थियो। आज सामान्य अंकले बढेको सेयर बजारमा २ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सीवाईसी नेपाल लघुवित्त वित्तीय र सयपत्री हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

२१ करोड ६८ लाख मूल्य बराबरको सेयर कारोबार गरी एनआईसी एसिया बैंक  शीर्षस्थानमा रह्यो। यसैगरी सिटीजन लाइफ इन्स्योरेन्सको १२ करोड र सोल्टी होटलको ८ करोड मूल्य बढीको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?