दुर्व्यवहारका प्रभावको होइन कारणको उपचार खोजौं

प्रा. देवीभक्त ढकाल
Read Time = 15 mins

दुर्व्यवहारको शाब्दिक अर्थ हो खराब व्यवहार, अनुचित, अशिष्ट तथा समाजलाई अपाच्य अभद्र र गैरमानवीय व्यवहार, शिष्टाचारविपरीत अर्थात् स्वीकृत नैतिक मानकविपरीतको आचरण । अनुचित लाभका ध्येयले कसैले कसैप्रति गर्ने, गराउने सबै दुष्कर्म दुव्र्यवहारभित्र पर्छन् । सत्ता, शक्तिको दुरुपयोग पनि सरकार र त्यसका अधिकारीबाट हुने दुव्र्यवहार हो । दुव्र्यवहार सुशासनको शत्रु हो । फेरि दुर्व्यवहारको शत्रु पनि सुशासन र चुस्त दुरुस्त प्रशासन हो । समाजमा व्याप्त दुर्व्यवहारलाई नियन्त्रण गरेर समाजलाई व्यवस्थित, सुसंस्कृत गर्ने जिम्मेवारी सम्बन्धित देशको सरकारको हो ।

दुर्व्यवहार सभ्य समाज र कानुनी राज्यका कलंक हुन् । राज्य आतंक पनि सरकारबाट हुने दुर्व्यवहार हो । व्यक्ति, समाजलाई आततायी बनाउने, समाजमा उत्पात, उपद्रो मच्चाउने सबै क्रियाकलाप सामाजिक दुव्र्यवहारको श्रेणीमा पदर्छन् । सामाजिक अपराधले समाजलाई पश्चगमनतिर लैजान्छ । विकास र सिर्जनशीलतालाई दुरुत्साहन गर्छ । समाजमा सिर्जनशीलता भयभीत भयो भने देश अधोगतितिर अग्रसर हुन्छ । समाजमा आतंक र असन्तुष्टि एकाएक विकसित हुन्छन् भने मानवता सुशासन, कानुनी व्यवस्था स्वतःलज्जित हुन्छन् । दुव्र्यवहारका क्रियाकलापलाई निरुत्साहित गर्ने, नियन्त्रण गर्ने, दण्डित गर्ने कर्तव्य सरकारको हो ।

सरकारका पदाधिकारी स्वयं अनैतिक, भ्रष्ट, अपराधी भए भने यस्तो अवस्थामा अधिकारीको संरक्षण, उक्साहटमा यस्ता दुव्र्यवहार आतंकको सिकार नागरिक समाज, स्वयं सरकारका अधिकारी हुनसक्छन् । सरकारको कल्पना र उत्पत्ति नै हत्या, हिंसालगायत अशिष्ट, असभ्य साथै आपराधिक र अन्य दुव्र्यवहारलाई नियन्त्रण गर्न भएको हो । हाम्रो दुर्भाग्य व्यक्तिगत, पारिवारिक, समूहगत साथै पार्टीगत एवं निर्वाचन, पदीय लाभका लागि जिमेवारबाटै र उनीहरूकै संरक्षणमा मात्रै होइन निर्देशनमा यस्ता अपराध हुने अवस्थाले प्रशासन र कानुनप्रति जनताको विश्वास आकाश भएको छ ।

राजनीतिक नेतृत्व व्यक्तिगत, पारिवारिक, समूहगत, पार्टीगत लाभमा केन्द्रीकृत भयो भने सामाजमा अनगिन्ती विकृति र दुव्र्यवहारको जन्म हुन्छ । यो अवस्था भनेको धामी र बोक्सी दुवैको काम एउटैबाट हुने अवस्था हो । यस्तो अवस्थामा रोग निवारण हुन कठिन हुन्छ । 

यस्तो अवस्थामा समाजमा अपराध संरक्षित हुन्छ । यो परिस्थितिले सिंगो समाज असुरक्षित र भयभीत हुन्छ । कानुनी राज्यको दुहाई दिने देशमा फेरि असमानता, अन्याय, शोषण, उत्पीडन भयो भने संविधानमा उल्लेखित कानुनी राज्य र समानताको के अर्थ ? सरकारद्वारा संरक्षित दुव्र्यवहारका घटनाले सभ्य समाजलाई चुनौती दिँदै गएको छ । राज्यव्यवस्थाप्रति जनताको भरोसा छैन, निराशाले समाजमा अस्थिरताको बीजारोपण हुन्छ । प्रशासन र कानुनमात्रै असफल हुँदैनन् अन्ततः राज्य नै असफल हुने सम्भावना हुन्छ । व्यक्तिगत, समूहगत र पार्टीगत साथै पदीय लाभका लागि समाजलाई नै भयभीत बनाउने दुव्र्यवहाररूपी अस्त्रको प्रयोगमा प्रोत्साहन राजनीतिक नेतृत्वबाट हुनुभनेको देश र जनताका लगि दुर्भाग्य हो । समग्र अवस्थाको उपस्थिति भनेको नेतृत्व र संविधान असफल प्रमाणित हुनु हो ।
जब नेतृत्व र संविधान असफल हुन्छ, त्यहाँ अराजकताको उत्पत्ति हुन्छ । अहिले नेपाल त्यही अराजकता साथै विधिविहीनताको चपेटामा पिल्सिएको छ । कानुन, अदालत, सरकारको प्रशासनिक संयन्त्र र न्यायाधिकारीहरूको व्यवस्था हुँदाहुँदै पनि भूमिका शून्य प्रायः छ ।

न्याय हराएको देशका नागरिक कति पिल्सन्छन् त्यही अवस्था नेपाल र नेपालीको छ । कानुनी व्यवस्था प्रभावकारी नहुनु भनेको राजनीतिक, प्रशासनिक र न्यायिक नेतृत्व असफल हुनु हो । संविधान निर्माताहरूले संवैधानिक व्यवस्थाबाटै संविधानलाई असफल बनाउने रणनीतिक योजना बन्यो । संविधानका निर्माताहरूले जनताको सुझाबविपरीत संघीयता र धर्म निरपेक्षतालाई लाद्ने कामले बहुसंख्यक जनसंख्याले संविधानको अपनत्व लिन अस्वीकार गरे । संघीयता देशलाई टाट पल्टाउने साधन बन्यो भने धर्म निरपक्षताले यो संविधानले अविश्वास र आशंकाको गहिरो खाडल खन्यो । देशका साधनस्रोतहरूको दुरुपयोगको हतियार संघीय व्यवस्था बन्यो । कुशासनलाई नै शासकहरूले मूलमन्त्र बनाएको अवस्थामा जनता कति पीडामा होलान् यसको अनुमानसम्म सभ्य समाजले गर्न सक्दैन ।

राजनीतिक नेतृत्व व्यक्तिगत, पारिवारिक, समूहगत, पार्टीगत लाभमा केन्द्रीकृत भयो भने सामाजमा अनगिन्ती विकृति र दुव्र्यवहारको जन्म हुन्छ । यो अवस्था भनेको धामी र बोक्सी दुवैको काम एउटैबाट हुने अवस्था हो । यस्तो अवस्थामा रोग निवारण हुन कठिन हुन्छ । हाल दुव्र्यवहार नियन्त्रणमा सरकार असफल हुँदा अहिले दुव्र्यवहार फरक–फरक शैलीमा विकसित भएका घटनाक्रम भोग्नु परेको छ । समाजका लागि यो भन्दा अर्को दुर्भाग्य के हुनसक्छ ?

अहिले नेपाल त्यही अविश्वासका साथै बढ्दो सामाजिक, आर्थिक र नैतिक दुव्र्यवहारको भुँमरीमा रुमलिएको छ । खासगरी माओवादी सशस्त्र युद्ध नामको धनयुद्धले समाजमा विविध प्रकारका दुव्र्यवहारको बीजारोपणबाट वर्तमान घटनाको बिगबिगीले समग्र समाज आतंकित छ । कानुन र नियमद्वारा दुव्र्यवहारलाई नियन्त्रण गर्ने इच्छाशक्ति, चरित्रशक्ति र नैतिकशक्ति जहिलेसम्म राजनीतिक नेतृत्वमा हँुदैन तबसम्म अराजक घटनाक्रम सामान्य जस्तै मानिन्छन् । यस्तो अवस्था र परिवेश भनेको कानुनी राज्यका लागि गम्भीर चुनौती हो । राजनीतिमा अपराधीकरण र अपराधी राजनीतिमा हावी भए भने विविध प्रकारका दुव्र्यवहारका दुष्चक्रमा राज्यव्यवस्था फस्छ ।

अहिले नेपाल त्यही चरणमा छ तर त्यसबाट उम्कने प्रयास गर्ने जिम्मेवार भ्रष्ट र चरित्रहीन भएकाले राज्यसत्ताका जिम्मेवारले दुव्र्यवहारहरूको निर्मूल गर्नतिर होइन फगत जनताको आँखामा छारो हाल्न प्रभावको उपचार रूपी झारा टार्छन् । दुव्र्यवहारका कारणहरूको अध्ययन, अनुसन्धान नै हुँदैन भने दुव्र्यवहार अब समाजबाट कसरी हट्छ ? सरकारमा रहने जिम्मेवारहरूको बाहनाबाजीको सिकार समग्र समाज भएको छ । कुनै पनि रोग प्रभावहरूको उपचारबाट मात्रै निर्मूल हुँदैन । निर्मूल गर्न रोगका कारणको खोजी गरी निवारण गर्न आक्रमक उपचार गर्नुपर्छ । अन्यथा रोग निको हुने त कुरै हुँदैन बरू सरुवा र असाध्य रोगको रूपमा फैलन सक्छ । अहिले नेपाली राजनीतिमा दुसाध्य रोग हुन् भन्दा कुनै अन्यथा हुँनेछैन । अहिले विभिन्न प्रकारका असन्तुष्टि सतहमा आएका छन् । उपचार र व्यवस्थापन सरकार कृतसंकल्पित भएको भ्रम छर्दै आएको छ तर पनि समाजमा एकले अर्कोलाई दुव्र्यवहार गर्ने क्रम भने रोकिएको छैन । अझ बढ्दो छ किन ?
गणतान्त्रिक शासन व्यवस्था विगतका सबै असन्तुष्टिको अचुक औषधि भनियो, जनताले त्यसलाई विश्वास गरे । जनताको समर्थनको बलमा शासकीय संरचना बदलियो । शासनमा हुनेहरूको आर्थिक अवस्था नाटकीय रूपमा बदलियो, जनताको आर्थिक अवस्था झन् खस्कियो । बहुदलीय शासन व्यवस्थामा एकजना माननीयले तत्कालीन गृहमन्त्री रामचन्द्र पौडेलको गाला पड्काए । यो घटनालाई राज्यले गम्भीरतापूर्वक लिएन । यसका कारण, खोज, अनुसन्धानका आधारमा उपचार खोजिएको भए समाजमा दुव्र्यवहारको उपचार हुन्थ्यो, त्यो रोग निर्मूल हुन सक्थ्यो । तर, हामीले कारणहरूको खोज, अनुसन्धान नै गरेनौं ।

प्रभावको उपचार गर्ने परम्पराले रोगका कारणको उपचार गर्ने काम भएन । रोग निर्मूल गर्ने काम प्रभावको उपचारबाट हुँदैन कारणहरूको उपचारबाट मात्रै सम्भव छ । राजनीति गर्नु भनेको भ्रष्टाचार गर्नु हो र भ्रष्टाचार गर्नु भनेको राजनीति गर्नु हो भन्ने मूल्य-मान्यता स्थापित भएको छ । यसले राजनीतिलाई भ्रष्टीकरण र भ्रष्टाचारलाई राजनीतीकरण गरेर देश अहिले भ्रष्टहरूको क्रीडास्थल भएको छ । यहाँ आर्थिक राजनीतिक र सामाजिक दुव्र्यवहारबाट नैतिकपतन हुँदै गर्दा नेताहरूको आर्थिक पदीय उत्थान हुने अवस्थाले सबै प्रकारका दुव्र्यवहार फष्टाएका छन् । नेतृत्वमा हुनेहरू सबैले आचरण, नैतिकता र इमानदारी खुलेयाम लिलामी गरेका छन् ।

नैतिकता, आचार, इमानदारीलाई लिलामी गरेर भ्रष्टाचारको आडमा जम्मा गरेको सम्पत्ति र हैसियतले दुव्र्यवहार उनीहरूको चरित्रको हिचान बनेको छ । राजनीतिक लाभका लागि अपराधीहरूको कैद मिनाहाले समाजमा दुव्र्यवहारलाई पुरस्कृत गर्ने काम सरकार स्वयंबाट हुने घटनाहरूले दुव्र्यवहारलाई शासकहरूबाटै मलजल हुने गरेको छ । भ्रष्टहरूले अझै आत्मसात नगर्दा डाक्टरहरू रोगीका आफन्तहरूबाट कुटिएका छन् । प्राध्यापकहरू र शिक्षकहरू आफ्नै विद्यार्थीहरूबाट कुटिएका छन् । आफ्नै सन्ततिबाट हत्या भएका र सन्ततिलाई हत्या गरेका समाचार दिनदिनै सम्प्रेषण भएका छन् । हत्या, हिंसा बलात्कार, लुटपाट, भ्रष्टाचार आदि दुव्र्यवहारले समाजलाई दुर्गन्धित बनाएको छ । कमजोरी कानुनको कि शिक्षाको यसतर्फ अब अविलम्ब अनुसन्धानमा ध्यान जानैपर्छ । दुव्र्यवहार जस्तो गम्भीर अपराधको प्रभावको उपचारमा राज्य व्यवस्था किन सीमित हुन्छ ? प्रभावको उपचारले रोग निको हुँदैन भन्ने जान्दाजान्दै कारणहरूको उपचार गर्न राज्य व्यवस्था किन दृढसंकल्पित हुँदैन ?

यसको मुख्य कारण हो राजनीतिमा टिक्न र सत्तामा पुग्ने आधार नै भ्रष्टाचार र अन्य अपवित्र कारण भएकाले राज्यका जिम्मेवारबाटै दुव्र्यवहारको खेती हुन थाल्यो । राज्यका जिम्मेवार जब दुव्र्यवहारको खेतीमा लिप्त हुने अवस्थामा यसका कारणहरूको उपचार गरेर निर्मूल गर्ने सोचमा जिम्मेवारहरू तयार छैनन् भने अब दुव्र्यवहार नफष्टाए के फष्टाउँने ? तसर्थ दुव्र्यवहारको उपचारको डाइगनोसिस प्रभावमा सीमित हुन्छ र कारणहरूमा प्रवेश नै गर्दैन भने दुव्र्यवहार रूपी रोग निर्मूल होइन झन् फैलन्छ । तसर्थ दुव्र्यवहार रोगहरूको प्रभावको उपचार होइन अब कारणको उपचारको सुरुवात गरेर रोग निर्मूल भएन भने सरकारको होइन राज्यको अस्तित्व संकटमा हुन्छ । तसर्थ जिम्मेवारहरू दुव्र्यवहारमा लिप्त हुने होइन दुव्र्यवहारका कारणको आक्रामक उपचारमा अविलम्ब जुट्नुबाहेक अर्को उत्तम विकल्प के छ ?  (मुम्बईको भिवण्डी शहरबाट)

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Basu Dev Dhakal
Basu Dev Dhakal
2023-10-03 6:59 pm

लेख समय सान्दर्भिक छ। जवसंम राजनीति मनसा कर्मणा बाचाले देश र जनताकाे लागि गरिदैन तवसम्म ब्यकतिगत स्वार्थका् लागि मात्र गरिएकाे ठहरिने छ भन्दै गहकिलाे सुझावसमेत प्रस्तुत गरिएकाे पाइयाे। लेखकलाइ साधुवाद!

Cholendra pandit
Cholendra pandit
2023-10-06 11:44 am

अकुत सम्पत्ति कमाइका डाँकालाई देश नरहे बिदेस जान्छन्नी।उनीहरूलाई के को पिरलो।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?