७७ वटै सिडिओलाई गृहको निर्देशन- बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधि रोक्नू

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरेर अवाञ्छिथ गतिविधि फैलाउनेलाई रोक्न सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

बैंकिङ कसुर, ठगी, खराब ऋणमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो उल्टै वित्तीय संस्थालाई धम्क्याएका घटनाहरू बाहिरिएपछि शुक्रबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र नेपाल प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर आपराधिक गतिविधि हुनसक्नेप्रति सावधान रहन र कसैले कानुन हातमा लिएका कडाइका साथ कारबाही गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिइएको हो ।

शुक्रबार साँझ सबै जिल्ला प्रशासन र नेपाल प्रहरीलाई यससम्बन्धी विषय समेटेर परिपत्र गरिएको प्रवक्ता बस्नेतले बताउनुभएको छ ।

केही साताअघि व्यवसायी दुर्गा प्रसाईंले झापामा आयोजित सार्वजनिक कार्यक्रममा २० लाख रुपैयाँसम्मको ऋण मिनाह गर्नुपर्ने र त्यसो नगरिए बैंकरवित्तीय संस्थाका सञ्चालकरकर्मचारीलाई कालोमोसो दल्नेसम्म चेतावनी दिनुभएको थियो ।

उहाँको विवादास्पद र आपत्तिजनक अभिव्यक्तिपछि कानुन हातमा लिनसक्ने व्यक्ति तथा समूहमाथि प्रहरीले पनि निगरानी थालेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?