पहिरोका कारण सडक अवरुद्ध

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मीको रिडीदेखि अर्घाखाँची जाने सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१ साखरस्थित रिडिबाट अर्घाखाँची जाने बाटोमा अन्दाजी ५० मिटर माथीदेखि ६० मिटर लम्बाइ जति पहिरो आई बाटो पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पहिरोका कारण बाटो अवरुद्ध छ भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी टोली गएको छ ।

उक्त स्थानमा स्काई भेटर समेत पुगि सकेको छ । माथिबाट पहिरो झर्ने क्रम जारी रहेकोले अहिले हटाउन नसकिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?