बाह्र कविलाई ‘व्यथित काव्य सम्मान’ प्रदान गरिने

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । साहित्यिक पत्रकार संघले संस्थाको स्वर्ण महोत्सवको अवसर पारेर सात कविलाई ‘व्यथित काव्य सम्मान’ प्रदान गर्ने भएको छ । कविहरू उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) ‘व्यथित काव्य सम्मान’बाट समानित हुने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी संघले ‘व्यथित काव्य डायसपोरा सम्मान’बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अष्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित गर्ने जनाइएको छ । सो निर्णय वरिष्ठ कवि कृष्ण जोशीको संयोजनमा वरिष्ठ साहित्यकारहरू प्रमोद प्रधान र डा.दामोदर पुडासैनी सदस्य रहेको सिफारिश समितिको सिफारिशमा सस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले निर्णय गरेको हो ।

‘व्यथित काव्य सम्मान’बाट सम्मानित कवि उदय निरौलाका कोलाहल पिएर, जराहरू किमार्थ मर्दैनन, शीतको लहर, उदय निरौलाका प्रतिनिधि कविताहरू, अस्ताउँदो घाम टेकेर कविता कृतिहरू प्रकाशित छन् । यस्तै कवि श्रवण मुकारुङका देश खोज्दै जादा, जीवनको लहर, बिसे नगर्चीको बयान, हिउँको दरबार, सुन रे सियाराम कविता कृतिहरू प्रकाशित छन् । यस्तै, कवि रमेश श्रेष्ठका चराहरूको पहाड, आमा नदीहरू, बुद्ध बिम्ब अक्षर बिम्ब, घास उखेलिरहेकी केटी, रोदी रोएको देशमा, कविताको उज्यालो, अग्नि नृत्य, चोक र तमसुक, नपोतिएका रंगहरू जस्ता कविता कृति प्रकाशित छन् ।

यस्तै, कवि कृसु क्षेत्री बोधिसत्वको मृत्यु उत्सव, चराको गीत, आगोको मूच्र्छना, रगतको दरबार, नीलो आँसु, माफ गर जस्ता कविता, गजल र गीतका कृतिहरू प्रकाशित छन् । त्यस्तै, कवि मोमिला जोशीका पैँयु फूल्न थालेपछि, नीलो–नीलो आकाश र दुई थोपा आँसु, जुनकिरीहरू ओर्लिरहेछन, दुर्गम उचाइमा फूलको आँधी, भीमसेन थापाको सुसाइड नोट, सेलेक्टेड पोइम्स जस्ता कविता कृतिहरू प्रकाशित छन् । यस्तै, कवि गीता कार्कीका मलाई अँध्यारो नै चाहिन्छ, सालका ठुटा र एक टुक्रा घाम र आमा किरणहरूको छालमा जस्ता कविताकृति प्रकाशित छन् ।

यसैगरी, ‘व्यथित काव्य डायसपोरा सम्मान’बाट सम्मानित कविहरू हेमन्त श्रेष्ठका देश भूआहरूको रोटी होइन, गीत म कसरी गाऊ, कवि गोवर्धन पूजाका पीडा अवतार, वाचल ओठहरू, प्रेम अवतार, अनामनगरकी अम्बिका, धर्तीको धूलो, बिक्रीमा यो जिन्दगी कवि भीमसेन सापकोटाको प्रश्नमा ईश्वर कवि प्रकाश पौडेल माइलाका पर्दाफास, हजार हाइकु, राति साकुरा (हाइकु कृतिहरू) कवि जगत नवोदितका जीवन अनुभूति, काँचो मुद्दा, अक्षय आकृति (मुक्तक) र कवि शकुन ज्ञवालीका आयुष, पालुवा, ‘मञ्जरी, तिमी र म’, भन्दिनु है बा जस्ता कविता कृतिहरू प्रकाशित रहेका छन् ।

विसं २०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतमा प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार संघबाट प्रदान गरिँदै आइएको छ । यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मञ्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मञ्जु काचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाईं, मोहन दुवाल, कृष्ण जोशी, डा.राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षी, शशी थापा, डा.दामोदर पुडासैनी, सन्ध्या पहाडी र शेखर ढुंगेल सम्मानित भइसक्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?